जाली नोटको कारोबार गर्ने दोलखा र रामेछापका युवाहरु पक्राउ
काठमाण्डौं । जाली नोटको कारोवार गर्ने दोलखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको सतंगल बस्ने २४ वर्षिय सुरेन्द्र कार्की रहेका छन् । उनीसँगै रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ८ घर भई काठमाडौंको माकलबारी बस्ने ३४ वर्षिय छिरिङ लामापनि पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाण्डौंको कालोपुलबाट नक्कली जस्तो देखिने १ हजार दरको ६३६ थान नोट (छ लाख छत्तीस हजार) सहित पक्राउ गरिएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको छ ।
उनीहरुमाथि मुलुकी अपराध संहिताको मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु बुझाईएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्