चरिकोट । दोलखा जिल्लाको सबैभन्दा ठुलो सहकारी संस्थाको रुपमा स्थापित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पति २ अर्ब ३३ करोड नाघेको छ । बुधबार आफ्नो बित्तीय विवरण सार्वजनिक गर्दै जनसचेतन सहकारीले कुल सम्पति २ अर्ब ३३ करोड ७३ लाख ३० हजार ८६८ रहेको जनाएको छ ।
सहकारीले सार्वजनिक गरेको बित्तीय विवरण अनुसार कुल बचत १ अर्ब ५६ करोड २ लाख ३४ हजार ८०७ रहेको छ भने संस्थाले १ अर्ब ८८ करोड ६२ लाख १ हजार ७१० रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै शेयर पुजी १६ करोड ५२ लाख ४१ हजार ९००, कुल संस्थागत पुजी १७ करोड ३१ लाख ५० हजार ९५२ रुपैयाँ रहेको सहकारीको बित्तीय विवरणमा उल्लेख छ ।
यसैगरी जगेडा कोषमा १७ करोड १४ लाख ६ हजार ९७ रुपैयाँ र विभिन्न कोषहरुमा जम्मा १० करोड २० लाख ७ हजार ८७३ रहेको छ । तरलता रकम १८ करोड ७७ लाख ६४ हजार ९०९ रुपैयाँ छ । जुन कुल पुजीको १२ प्रतिशत भन्दा बढी हो ।
जनसचेतनले ४ हजार ३ सय ५६ जना सदस्यहरुलाई ऋण प्रवाह गरेको छ भने शेयर सदस्य संख्या २७ हजार ५ सय ७६ पुर्याएको छ । बैतेश्वर गाउँपालिकाको काब्रे मैनापोखरी केन्द्रीय कार्यालय रहेको सहकारीले दोलखा जिल्लासँगै काठमाडौंमा समेत आफ्नो सेवा बिस्तार गरिसकेको छ ।
जनसचेतन एक्सेस सिल्भर ब्रान्ड प्राप्त सहकारी संस्था हो । यो सहकारीको नेतृत्व हेमन्त चौलागाईंले गरिरहेका छन् ।