Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रपति पौडेल सोमवारदेखि शितलनिवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि राष्ट्रपति भवन शितलनिवास सर्ने भएका छन् । पौडेल बोहोराटारस्थित निजी निवासमा बस्दै आएका थिए । दिउँसो १ बजे शपथ ग्रहण गरेपछि पौडेल शीतलनिवासमै रहनेछन् । राष्ट्रपति कार्यालयका अनुसार निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update