दक्षिण कोरिया । दोलखाली समाज दक्षिण कोरियाको अध्यक्षमा अभि थापा चयन भएका छन् । समाजको आईतवार सम्पन्न भेलाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । दक्षिण कोरियामा रहेका नेपालीहरु संगठित भई बनाएको उक्त महत्वपुर्ण संस्थाको नेतृत्वमा थापा सर्बसम्मत चयन भएका हुन् ।
दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ घर भएका थापा केही वर्षदेखि कोरियामा रोजगारीसँगै सामाजिक गतिविधिमा सक्रिय छन् । उक्त संस्थाले नेपालमा दैवी प्रकोप लगायत घट्ना र बिभिन्न जटिल समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्दै आएको छ ।
केही समय अघि उक्त संस्थाको पहलमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग उपलव्ध गराईएको थियो । अध्यक्षमा चयन भएपछि थापाले संस्थाको सामाजिक सेवाको अभियानलाई थप थप व्यवस्थित र प्रभावकारी बनाउने बताए ।