उपराष्ट्रपतिमा यादवको उम्मेदवारी रद्ध नहुने
काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी रद्ध नगर्ने भएको छ । यादवको उम्मेदवारी बिरुद्ध उजुरी परेपनि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो ।
सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलका अनुसार यादवको उम्मेदवारी बदर नहुने निर्णय भएको छ । यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीको जवाफ दिँदै यादवले संविधानमा राष्टपति र उपराष्टपतिको फरक लिंग हुनुपर्ने बाध्यकारी व्यवस्था भएको बताएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १२:१९
प्रतिक्रिया दिनुहोस्