Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सबै सवारी साधनलाई जिल्ला प्रबेशमा रोक, अत्यावश्यक सेवामा पनि कडाई

चरिकोट - कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेक सबै सवारी साधन दोलखा जिल्ला प्रवेशमा रोक लगाएको छ । लकडाउनलाई कडा पार्दै प्रशासनले जिल्ला प्रवेशमा चेकजाँचसहित सबै सवारी साधन प्रबेशमा प्रतिवन्ध लगाएको हो ।

त्यसका लागि जिल्लाका दुई मुख्य नाका खरिढुंगा र किर्नेटारमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाईएको दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए । जिल्लामा निषेधाज्ञा जारी राख्दै औषधी पसल बाहेक अन्य अत्यावश्यक सेवामा पनि कडाई गरिएको छ ।

प्रशासनले जारी गरको सूचनामा अत्यावश्यक सेवाका पसललाई विहान १० बजेपछि र अन्य सबै पसल पुर्ण रुपमा वन्द गर्ने, बैकिंग क्षेत्रले सिमित मात्रामा सेवा प्रवाह गरी भिडभाड नगर्ने व्यवस्था गरिएको जनाईएको छ ।

यस्तै सहकारी संघ संस्था, वित्तिय क्षेत्रहरुले आफ्नो सेवा समेत हाललाई सिमि तगर्ने, जिल्ला स्थित सदरमुकाम सहित जिल्लाका मुख्य बजार क्षेत्रमा संचालनमा रहेका होटल, चिया पसलहरु पूर्ण रुपमा बन्द गर्न पनि सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

अत्यावश्यक सेवा संचालनमा प्रयोग हुने सवारी साधनको लागि जारी हुने सवारी साधनका लागि जारी गरिएका ईपास लगाएत अन्य सबै सवारी साधनको पास अर्को व्यवस्था नभएसम्म वन्द गरिको प्रजिअ शर्माले बताए ।

पछिल्लो समय केही खुकुलो भएको लकडाउन मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै कडा पार्न लागिएको हो । केही दिनयता चरिकोट सहित अन्य बजार क्षेत्रमा पसल, होटलहरु धमाधम खुल्न थालेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update