Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उम्मेदवार शाह भन्छन् : उपराष्ट्रपतिका लागि फरक लिंग अनिवार्य छैन

काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक÷फरक लिंगको नभएपनि हुने दाबी गरेका छन् । संविधानले त्यस्तो बाध्यकारी व्यवस्था नगरेको उनको दाबी छ । उपराष्ट्रपतिमा आफ्नो उम्मेदवारीविरुद्ध परेका उजुरीको जवाफमा यादवले आईतवार निर्वाचन अधिकृतको कार्यालयमा त्यस्तो व्यहोराको पत्र बुझाएका छन् । 

यादवको पत्रमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भएको तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने त्यो व्यवस्था नरहेको उल्लेख छ । संविधानको भावना र उद्देश्य अनुकूल विभिन्न समुदायको व्यक्ति राष्ट्रपतिमा र उपराष्ट्रपतिमा निर्वाचित हुने भनी समावेशी सिद्धान्तलाई अंगीकार गरिएको यादवको जवाफ छ । यादवले उजुरीको जवाफ पेस गर्ने क्रममा उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादव, जसपा सांसद प्रदीप यादव लगायत निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा पनि उम्मेदवार छन् । राष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध शाक्य र झाको तर्फबाट उजुरी परेको थियो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update