Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री बिरुद्धको मुद्धामा प्रारम्भिक बहस सकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा प्रारम्भिक बहस भएको छ । द्वन्द्वकालीन घटनामा अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको हो । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त मुद्दामाथिको प्रारम्भिक बहस सकिएको हो । 

ज्ञानेन्द्रराज आरणसहितले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि बिहीबार न्यायाधीश श्रेष्ठको एकल इजलासमा तोकिएको पेशी शुक्रवारका लागि सारिएको थियो । उक्त मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र आरणलगायतका अधिवक्ताले बहस गरेका छन् । 

दाहालले ३ वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो । दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए ।

सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो । आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update