Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते

चरिकोट । काभ्रेपलाञ्चोकमा सवारी दुर्घट्नामा परी दोलखाका दुई जना घाईते भएका छन् । काभ्रेपलाञ्चोकको ५२ किलो भन्ने स्थानमा एम्बुलेन्सले मोटसाइललाई ठक्कर दिँएर दुर्घट्ना भएको हो । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रवतीका ३६ वर्षिय धनविर थामी र उनकी ७५ वर्षिया आमा पुर्णमाया थामी रहेका छन् ।

बृद्ध पुर्णमायाको उपचारका लागि उनीहरु मोटरसाईकलमा काठमाण्डौंतर्फ जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार बिपरित दिशाबाट आएको एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घट्ना भएको हो । घाईतेलाई स्थानीयले उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरिदिएका छन् । प्रहरीका अनुसार घाईतेहरुको हात र खुट्टामा गम्भिर चोट लागेको छ । 

काठमाण्डौं जाँदै गरेको मोटरसाईकललाई रामेछापको दोरम्वा गाउँपालिकाको बा २ झ ४२७५ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । घट्नाबारे थप अनुसन्धान भैरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update