Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी पनि जातीय पहिचानको बिपक्षमा !

काठमाडौं । प्रदेश १ को नामाकरणको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) जातीय पहिचानको बिपक्षमा उभिएको छ । ‘किराँत–लिम्बुवान–सगरमाथा’ लाई अस्वीकृत गर्दै प्रदेश–१ को नाम कोशी राख्न उसले समर्थन जनाएको छ । नेपाली कांग्रेस र एमालेले ल्याएको कोशी प्रदेश नामाकरण प्रस्तावको पक्षमा माओवादी सांसद सहित ८२ मत परेको छ ।

विपक्षमा एकीकृत समाजवादीका चार सांसदको मात्रै मत परेको छ भने जनता समाजवादी पार्टी (जसपा) का एक्ला सांसद बैठक कक्ष बाहिर परेका कारण मतदानमा भाग लिनै पाइनन् । एकीकृत समाजवादी र जसपाका तर्फबाट पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पहिचान र भूगोल समेटेर ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए । तर यो प्रस्तावमा जातीय पहिचानको मुद्धा उठाउने नेकपा माओवादी केन्द्रको समेत साथ नदिएको हो । 

माओवादी सांसद इन्द्र आङ्बोले भने पार्टी पहिचानकै पक्ष भएपनि प्रदेशसभाको गणित हेरेर कोशीको पक्षमा उभिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update