Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खाने समय घटाएको छ । खाजा खाने समय आधा घण्टामात्रै कायम गरिएको हो । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।

गत सोमबार मन्त्रिपरिषदले ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म कायम गरेको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको गुनासो आउने गरेको थियो । कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म बिताउने गरेको र सेवाग्राहीलाई समस्या हुने गरेको थियो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update