भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी
काठमाडौं - भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलासा भएको छ । २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोमा पुरुष सशस्त्र प्रहरी रहेको खुलेको हो ।
कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।
मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी अर्की २५ वर्षीया महिला धाृ दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएको खुलिसकेको छ । प्रहरीले जनाए अनुसार दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७ ०९:४०
प्रतिक्रिया दिनुहोस्