चरिकोट । जिल्ला प्रशासन कार्यालयले राहादानी बितरण कार्य बन्द गरेको छ । आईतवार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासन कार्यालयले राहादानी सम्बन्धी सेवा स्थगित रहने जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत अरुण कुमार वडालले यही फागुन २० गतेसम्मका लागि राहादानी सम्बन्धी सेवा स्थगित भएको जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी आवेदन तथा राहदानीका लागि ईन्नोलमेन्ट सेवा प्राविधिक समस्याका कारण स्थगित भएको हो । राहदानी र राष्ट्रिय परिचय पत्रका लागि दोलखामा सेवाग्राहीले समस्या भोगिरहेको गुनासो आईरहेका बेला फेरी राहदानी सेवा बन्द भएको हो ।
ईन्नोलमेन्ट स्टेशनमा देखिएको प्राविधिक समस्या राहदानी विभागबाट समाधानको प्रयास भैरहेको प्रशासनले जनाएको छ । छपाई भई आएको राहदानी बितरण सेवा भने सूचारु रहने सूचनामा जनाईएको छ ।