काठमाडौं । भाबी राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । यही फागुन २५ गते हुने निर्वाचनका लागि उनीहरुले उनीहरुले शनिवार उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् ।
रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे ।
कांग्रेस उम्मेदवार पौडेललाई शुक्रवार बनेको नयाँ गठबन्धनको साथ रहने बताईएको छ । एमाले उम्मेदवार नेम्वाङले पनि आफु राष्टपतिमा बिजयी हुने विस्वास व्यक्त गरेका छन् । एमाले नेताहरुले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।