राष्ट्रपति कांग्रेसलाई दिने ८ दलबीच सहमति
काठमाडौं । आठ राजनीतिक दलहरुले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा यस्तो सहमति जुटेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।
आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १९:३९
प्रतिक्रिया दिनुहोस्