ईश्वरी दाहालको नेतृत्वमा दोलखा रेडक्रसको नयाँ कार्यसमिति चयन
चरिकोट । नेपाल रेडक्रस सोसाइटी दोलखाको सभापतिमा ईश्वरी दाहाल चयन भएका छन् । शाखाको शुक्रबार सम्पन्न १३ औं अधिवेशनले दाहाललाई सभापतिमा चयन गरेको हो । अधिवेशनले दाहालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपसभापतिमा बाबुकाजी बस्नेत, महिला उपसभापतिमा रिता रिमाल, मन्त्रीमा भरत नारायण प्रधान, कोषाध्यक्षमा भीम बहादुर केसीलाई चयन गरेको छ ।
यसैगरी उपमन्त्रीमा ताम प्रसाद आपागाई, उप कोषाध्यक्षमा खड्कध्वज खत्री तथा सदस्यहरुमा राधादेवी मास्के, छलिमाया थामी, कल्पना केसी उप्रेती, रविचन्द्र आचार्य, कुमार बस्नेत, जगन्नाथ बस्नेत, बाबुलाल लामा, कुमार तामाङ चौतारी, कुसुम लामा र नावराज पाठक चयन भएका छन् । निर्वाचन समितिले नयाँ कार्यसमितिलाई निर्बिरोध निर्वाचित भएको घोषणा गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १७:४०
प्रतिक्रिया दिनुहोस्