भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरेमा जरिबाना छुट हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने नियम लागु गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।
यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिएका छन् । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँरब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १४:५७
प्रतिक्रिया दिनुहोस्