Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा बैशाखमा ४ सय १३ जनामा आरडिटी परीक्षण, कोरोना संक्रमण शुन्य

चरिकोट - दोलखामा हालसम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमण शुन्य देखिएको छ । बैशाख ३० गते मंगलवारसम्म ४ सय १३ जनामा कोरोना भाईरसको परीक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ आएको हो ।

बैशाख ३ यता यता शंकास्पद नागरिक सहित ४ सय १३ जनाको र्यापिड (आरडीटी) परीक्षण गरिएको छ । आरडीटी परीक्षण गरिएकामा अधिकांश पुरुष छन् ।

३ सय ५७ जना पुरुष र ५६ जना महिलामा आरडिटी परीक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले हालसम्मको रिर्पोट अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमण नदेखिएको बताए । 

बैशाखको सुरुदेखि हालसम्मको अवधिमा कालिञ्चोक गाउँपालिकामा सबैभन्दा बढि १ सय ७ जनामा कोरोना संक्रमणको र्यापिड टेष्ट गरिएको छ । यस्तै भिमेश्वरमा ७१, तामाकोसी ५४, गौरीशंकर ४२, मेलुङ ११, शैलुंग २४, जिरी २८, वैतेश्वर २५ र विगु गाउँपालिकामा ४९ जनामा आरडिटी परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update