काठमाडौँ — नेपालमा मंगलवार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पहिलो पटक माघ गते कोरोना संक्रमण पुष्टि भएयता मंगलवार एकैदिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३ र ३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।