काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानीबारे सरकारी वकिलको कार्यालयले अनुसन्धान सुरु गरेको छ । दोहोरो नागरिकताबारे लामिछाने बिरुद्ध परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको जनाएको छ ।
दोहोरो राहादानी लिएकोबारे लामिछाने बिरुद्ध मंगलबार जाहेरी परेको थियो । त्यसपछि पछि बुधबार सरकारी वकिलको कार्यालयले विभिन्न तीन निकायबाट रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात मगाएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी न्यौपानेले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागलाई बुधबार पत्राचार गरी लामिछानेको राहदानी र नागरिकतासम्बन्धी कागजात मगाइको जानकारी दिए ।
मंगलबार जाहेरी परेपछि हामीले बुधबार तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएका छौं । उताबाट जवाफ आएपछि थप प्रक्रिया सुरु हुन्छ, उनले भने ।