काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय तहका रिक्त जिम्मेवारीलाई पूर्णता दिएको छ । केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिईएको हो । हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना, स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।
वैकल्पिक केन्द्रीय समिति सदस्य संख्या २०२ पुगेको छ । स्रोतका अनुसार माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको हो । पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताउने गरी निर्णय गरेको नेता गणेश साहले बताए ।
प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने निर्णय भएको नेताहरुले बताएका छन् ।