काठमाडौँ । मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी फागुन महिनाभित्र गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले सार्वजनिक सूचना मार्फत जरिवाना छुट हुने जानकारी दिएको हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुनेछ ।
आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सूचनामा आग्रह गरिएको छ । ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ । ‘
सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ।