Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विप्लवको पार्टीले महंगी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी लगायतका विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी उसले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको जानकारी दिए । उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, जनताको सुख दुःखमा पार्टी पुग्छ, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update