Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौंडा । दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालसहित बागमती प्रदेशका ७ वटा प्रादेशिक अस्पतालहरुले एम्वुलेन्स पाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।

एम्वुलेन्स प्राप्त गर्ने अस्पतालहरुमा दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पताल, भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल रहेका छन् । ती अस्पतालहरुलाई (ख) वर्गको एम्बुलेन्स प्रदान गरिएको हो । 

स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाका अनुसार एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत भुक्तानी गरिएको छ । अघिल्लो वर्षपनि मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो । प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सम्बन्धित अस्पताल व्यवस्थापनलाई एम्बुलेन्स हस्तान्तरण गरे ।

त्यस क्रममा उनले सबै नागरिकलाई स्वास्थ्यको पहुँचभित्र ल्याईने बताउँदै प्रदेश सरकार स्वास्थ्य अनुसन्धान परिषद् र प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको जानकारी पनि दिए । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update