Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्वोच्चले कांग्रेसलाई देला बिपक्षी दलको मान्यता ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई हुन लागेको हो ।

अधिवक्ता अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै देउवा र संघीय संचसद सचिवालयलाई विपक्षी बनाएर मंगलबार रिट दर्ता गरेका थिए । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन नमिल्ने र प्रतिपक्षी दलको नेताले पाउने सेवा सुविधा पनि रोकिनुपर्ने रिटको माग छ । 

सेवा सुविधा रोक्न आदेश भएमा संसद प्रमुख प्रतिपक्षविहीन बन्ने छ । प्रमुख प्रतिपक्षी दल हुनका लागि १० प्रतिशत बढि सिट भएको दलले मात्र पाउँछ । प्रधानमन्त्रीलाई १० प्रतिशत बढि मत रहेका सबै दलले विश्वजासको मत दिएकाले संसदभित्र प्रमुख प्रतिपक्षको अर्को विकल्प छैन ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update