वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष बने चालिसे
हेटौंडा । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशको बर्दिया चालिसे जनसंख्या र बुढ्यौली विद हुन ।
अध्ययन र अनुसन्धानमा क्षेत्रमा कृयाशिल चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । उनी त्रिभुवन विश्व विद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउछन् । जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।
अमृत साइन्स क्याम्पसबाट बीएससीसम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । उनी सो ब्याचका गोल्ड मेडलिस्टसमेत हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १३:५१
प्रतिक्रिया दिनुहोस्