Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा किन बढ्दैछ अमेरिकी अधिकारीहरुको दौडधुप ?

काठमाडौँ । नेपालमा अमेरिकी अधिकारीहरुको दौडधुप बढ्न थालेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै चार अमेरिकी महिला अधिकारीहरू नेपाल भ्रमण गर्दैछन् । यसअघि दुई अधिकारीहरु भ्रमणमा आएका थिए । राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी समेत रहेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल आएकी छिन् ।

स्रोतका अनुसार उनीपछि अमेरिकाबाट अर्का दुई वरिष्ठ अधिकारी आउने तय भएको छ । फागुन पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारले नेपाल भ्रमण गर्न लागेका हुन् । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइटहाउस अन्तर्गत रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको हो । यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुटा उर्पिलाइनेनले पनि बुधबार नेपालका लागि आउने कार्यक्रम छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update