Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाडौंका तीन स्थानमा बर्डफ्लू पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू भेटिएको हो । पशु सेवा विभागले बर्डफ्लू देखिएको पुष्टि गरेको छ ।

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सूचना अधिकारी ढकालले त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको जानकारी दिए । 

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update