काठमाण्डौँ - नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५ देखि ३८ वर्षसम्मका ६ पुरुष, रुपन्देही समिरामाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४ देखि ४० वर्षका ६ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै, बर्दिया राजापुर ५ की ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीहरुका अनुसार संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू चिकित्सकको निगरानीमा छन् ।
सोमवार विहानपनि कपिलवस्तुको यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १८ देखि ३४ वर्षका १० जना तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का १८ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।