Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
त्रिभुवन विमानस्थलबाट ९ केजी सुन बरामद, क्यानेडियन नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ९ केजी सुन बरामद भएको छ । सुनसहित क्यानडेली नागरिकपनि पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

विमान्स्थल भन्सार कार्यालयका अनुसार मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको हो । भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ । यसअघि १९ केजी सुनसहित प्रहरीले गत महिना दुई सुडानी पक्राउ परेका थिए । बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको उनले बताए ।

 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update