प्रधानमन्त्रीलाई एकिकृत समाजवादीको ज्ञापनपत्र
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाईएको ज्ञापनपत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको उल्लेख छ । अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा आज विहान बुझाईएको ज्ञापनपत्रमा देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गर्न भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ ०९:४४
प्रतिक्रिया दिनुहोस्