काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् । उक्त पार्टीको आईतवार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो ।
रविले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । नागरिकता मुद्धामा सर्वोच्चले दोषी ठहर गरेपछि रविले नयाँ प्रक्रियाबाट नागरिक लिएका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको थियो भने पार्टीको सभापतिबाट समेत पदमुक्त भएका थिए । लामिछानेको वर्तमान सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत गुमाएका छन् ।