Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ — नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितकोे संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलबस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का हुन् ।

योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update