Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने दोलखा मेलुङका युवक पक्राउ

काठमाण्डौं । सामाजिक संजालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने दोलखा मेलुङ गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षिय अर्जुन खड्का रहेका छन् ।

उनले सामाजिक संजाल फेसवुकमा पीडित युवतीसँग प्रेम सम्बन्धमा रहँदा शारीरिक सम्बन्ध हुँदाको अश्लिल फोटो तथा भिडियोहरु पठाई अनावश्यक दुख, हैरानी दिने गरेको प्रहरीले जनाएको छ । प्रहरीक अनुसार खड्काले समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरी विद्यूतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुर गरेका छन् । 

उनलाई विद्यूतीय कारोवार ऐन अन्तर्गतको कसूरमा अदालतबाट अनुमति लिई थप अनुसन्धान भैरहेको नेपाल प्रहरीको साईबर व्यूरोले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update