रवि लामिछानेले लिए नयाँ नेपाली नागरिकता
काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नेपाली नागरिकताको नयाँ प्रमाणपत्र लिएका छन् । नयाँ नागरिकताका लागि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।
सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर सर्वोच्चले गरेको थियो ।
सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको थियो भने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाउनुपरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १४:११
प्रतिक्रिया दिनुहोस्