काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । त्यसका लागि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदैछन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नयाँ नागरिकता लिने तयारी गरेका हुन् ।
अदालतको आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही ब्याख्या नभएकोले नियमित प्रक्रियाबाट नागरिकता प्रदान गर्ने तयारी भएको स्रोतले जनाएको छ । जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भर्ने प्रक्रिया पुरा गरेपछि नागरिकता दिने तयारी छ ।