Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकी उपविदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनले विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्दै आएकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपालमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग उनले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् । दुतावासका अनुसार भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने कार्यक्रम छ । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update