काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभयान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय गरिएको छ ।
प्रवक्ता मुकल ढकालका अनुसार यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ ।
माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको ढकालले बताए ।