Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुँदैछ । उपसभामुखका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । 

नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update