Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

काठमाडौँ । ६ वटा विकास बैंक र ४ फाइनान्स कम्पनीहरु कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेपछि उनीहरुलाई कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मापदण्ड पुरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको छ । विपन्न वर्गको कर्जा शिर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ ।

त्यस्तै फाइनान्स कम्पनीहरुमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update