कालिञ्चोक गाउँपालिकाको सुक्राम सामुदायिक वनमा आगलागी
दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सक्राम सामुदायिक बनमा आगलागी भएको छ । समुन्द्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा रहेको सो जंगलमा आज बिहान करिब ११ बजेदेखि आगालागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरीको टोली, नेपाली सेना र स्थानीयले आगो निभाउने प्रयास भैरहेको स्थानीय नवराज पाख्रीनले जानकारी दिए ।
उनका अनुसार आगो निभाउने प्रयास भैरहेपनि आगो चारैतिर फैलिएको र हुरिबतासका कारणले निभाउन समस्या भएको छ । आगो फैलिदा जाँदा कालिञ्चोकको वन क्षेत्रमा ठुलो क्षति हुने स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १६:००
प्रतिक्रिया दिनुहोस्