Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विस्वासको मत, विपक्षमा तीन मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन् । ११० सदस्यीय प्रदेशसभामा उनलाई १०५ सांसदले विश्वासको मत दिएका छन् । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । १ जना सांसद भने उपस्थित भएनन् । 

मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदहरुले पनि विस्वासको मत दिएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले विस्वासको पक्षमा मत दिएका छन् । 

नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा मुख्यमन्त्रीले विस्वासको मत लिएका हुन् । 

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  भने विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update