Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना बढेको छ । आज आंशिकदेखि सामान्य बदली आएपछि पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ ।

बाँकी भू(भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने मौसमविदहरुको भनाई छ । यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुनसकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update