Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सत्ता साझेदार दलबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति

काठमाडौं । राष्ट्रपति र सभामुख सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेलाई दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने सहमति गरेको हो । 

बैठक उच्च स्रोतका अनुसार गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ । यद्यपी शक्ति बाँडफाँडको बिस्तृत बिवरण सार्बजनिक गरिएको छैन । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने निर्णय हुन बाँकी छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा भने टुंगिएको छ ।

उनीहरुले आ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गरेर प्रधानमन्त्रीलाई दिएपछि मंगलवार सपथ ग्रहण हुनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update