काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार करिव ५ घण्टासम्म भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको हो । यो समझदारीसँगै मंगलबार १ बजे मन्त्रिपरिषदले पुर्णता पाउने भएको छ । दिउँसो १ बजेका लागि सपथ ग्रहण तय भएको छ । सपथ ग्रहणपछि सर्बदलीय बैठक बोलाईएको छ ।
बैठक स्रोतका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।