हेटौंडा । दोलखा प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद कुन्दनराज काफ्ले नेपाली कांग्रेस वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । कांग्रेस युवा नेता समेत रहेका काफ्लेलाई कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा चयन गरेको हो ।
बैठकमा संसदिय दलका नेता बहादुरसिंह लामाले काफ्लेलाई सचेतकमा चयन गरिएको जानकारी गराएका थिए । काफ्ले दोलखा प्रदेशसभा क्षेत्र नम्बर १ बाट २२ हजार ७ सय ९७ मतका साथ बिजयी भएका थिए । बिद्यार्थी राजनीतिबाट उदायका काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।
काफ्ले दोलखामा २०५२ मा भीमबहादुर तामाङपछि कांग्रेसबाट जित्ने सांसद हुन् । कांग्रेस संसदिय दलको बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको नेताहरुले जानकारी दिएका छन् ।