Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कर्मचारी हटाईएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्यकेन्द्रमा तालाबन्दी

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाईएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का (खत्री), गौरीशंकर १ स्थित आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाईएको हो ।

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफुहरुलाई अन्याय र बिभेदपुर्ण रुपमा हटाएको भन्दै उनीहरुले आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा गाउँपालिकाले आफुहरुमाथि अन्यायपुर्ण निर्णय गरेकाले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्नुपरेको उल्लेख गरेका छन् ।

स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकीले गाउँपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन गर्ने बताईन् । स्थानीय जनप्रतिनिधिहरुले पुर्वाग्रहका आधारमा लामो समयदेखि काम गर्दै आएका अनुभवी करारका कर्मचारी हटाउन थालेपछि बिरोध हुँदै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update