१२ माघ, काठमाण्डौँ । दोलखा समाज अस्ट्रेलिया नामक संस्थामार्फत अस्ट्रेलियामा रहेका दोलखाली संगठित भएका छन् । उनीहरुले आईतवार एक कार्यक्रमकाबीच विष्णु थापाको नेतृत्वमा १३ सदस्यीय दोलखा समाज अस्ट्रेलियाको घोषणा गरेका हुन् ।
नबगठित तदर्थ समितिको उपाध्यक्षमा क्रमशः रमेश थापा र कलम खड्का, सचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा निराजन थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा अन्जना कार्की बस्नेत, जिना श्रेष्ठ, प्रदीप दहाल, युवराज थापा, सागर दाहाल, ईश्वर बस्नेत, रविन्द्र उप्रेती र प्रदिप थापा रहेका छन् ।
अस्ट्रेलियामा रहेका दोलखा जिल्लाबासिलाइ संगठित गर्दै सामाजिक अभियानमा क्रियाशिल गराउने उदेश्यले संस्था स्थापना गरिएको अध्यक्ष थापाले बताए । नवगठित समितिले संस्थाको विधान निर्माण गर्ने र साधारण सभा मार्फत नयाँ कार्यकारी समिति चयनको आधार निर्माण गर्ने बताईएको छ ।
संस्थाको संरक्षकमा दीपक खड्का तथा सल्लाहाकारहरुमा राम्जी बस्नेत,भरत पोखरेल, अन्जन कार्की र दिपेन्द्र उप्रेतीलाई चयन गरिएको छ ।