दोलखाको कालिञ्चोक गाँउपालिका ५ स्थित बलम्बु मन्दिरमा आगलागी
दोलखा — दोलखाको कालिञ्चोक गाँउपालिका वडा नं ५ स्थित बलम्बु मन्दिरमा आगलागी भएको छ । समुन्द्री सतह देखि करिब २ हजार २ सय मिटर उचाईमा रहेको सो मन्दिरमा आज अपरान्ह करीब ४ बजेतिर आगलागी भएको हो । स्थानीय समेत रहेका कालिञ्चोक गाँउपालिकाका प्रविधिक प्रकाश थामीका अनुसार आगलागी बाट करीब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मन्दिरमा मुख्य मुर्ति बलम्बु कि माई मुर्ति सहित अन्य मुर्तिहरुमा आगलागीबाट क्षती पुगेको छ । परम्परादेखी यस मन्दिरमा भदौ महिनामा मेला लाग्ने गर्दछ । यस मन्दिरलाई कालिन्चोकको माईली बहिनीको रुपमा चिन्ने गरिन्छ । स्थानीयको सक्रियतामा केही घन्टापछि आगो नियन्त्रणमा आएको स्थानीयले जानकारी दिएका छन।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ १७:५३
प्रतिक्रिया दिनुहोस्