Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाली अगुवा सोमनाथ घिमिरे बने अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष

न्युयोर्क (अमेरिका) । गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष  सोमनाथ घिमिरे नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनित भएका छन् । उनको राजनैतिक सक्रियता, विगतमा जो वाईडेन र कमला ह्यारिस् राष्ट्रपति र उपराष्ट्रपति जिताउँ अभियानमा खेलेको भुमिका, न्युयोर्कमा स्थानीय र राज्यस्तरिय चुनावमा गरेको बिशेष भुमिकाको मुल्यांकन गरी घिमिरेलाई सो पदमा नियुक्त गरिएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए ।

अलामका अनुसार जीपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टर मार्फत लामो समयदेखि जुझारू र सशक्त टिम बनाई कोरोना महामारीको समयमा घिमिरेले पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरुप घिमिरेलाई उपाध्यक्षमा मनोनयन गरिएको हो ।

नयाँ अमेरिकी डमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनितिक संस्था हो । दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा क्लब स्थापना गरेका थिए । 

मोर्सेद अलाम पर्यावरण रसायनको ज्ञाता हुन् । उनी पूर्व आयुक्त एनवाईसी मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड (२९) उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुँदै सन १९९८ मा एनवाईएस सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा ४२ प्रतिशत मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कललाई आश्चर्यचकित पारेका थिए । 

अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त भएकोमा सोमनाथ घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरू सँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउँदै संस्थाको प्रभावकारिता थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिए । 

अमेरीकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा अहोरात्र खटेका घिमिरेको समग्र मुल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष जस्तो गरीमामय पदमा मनोनयन गरिएको सुखद खवरले फाउन्डेशन परिवारमा उर्जा एवं हौसला बढाएको छ, जिपी कोईराला फाउन्डेशन अमेरिका परिवारको तर्फबाट बधाई एवं सफल कार्यकालको शुभकामना एवं शुभेच्छा प्रकट गर्दै अलामले भने ।

जीपी कोईराला फाउन्डेसन अमेरिकाका उपाध्यक्ष सुबर्ण लामाले घिमिरेको नेतृत्वमा आगामी दिनमा नयाँ अमेरिकी डेमोक्रेटिक क्लले समेत समाज विकास र परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरीका परिवार विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update